प्रकाशित मिति [५ कार्तिक २०७२, बिहीबार १८:१३] घटना र विचार (न्युज डेस्क)
परम्परा
परम्परा भनेकाे एक विश्वास हाे, जाे एक निश्चित समूह, समुदाय, धर्म, समाजबाट एक खास महत्ता, एक विशेष अर्थ बाेकेकाे ताैरतरिकालार्इ पुस्ताहरूमा सुम्पने गरिन्छ । जब त्यसरी कालान्तरदेखि अनुनयन भइरहेकाे साेही ताैरतरिका एक विशुद्ध विश्वास बन्दछ, त्याे तदनुरूप मानवीय मनमा एक अादतकाे रूपमा परिमार्जन हुन्छ । निश्चत रूपमा अादतहरूबाट मुक्ति पाउन मुश्किल नै पर्दछ, याे तब झन् जटिल हुन्छ यदि साे अादत एक प्रतिष्ठाकाे रूपमा, एक सामाजिकताकाे रूपमा विद्यमान हुन्छ । दशैंलार्इ याे अर्थमा खासगरी वर्तमान नेपाली परिवेशमा अादतकाे रूपमा हेरिन थालिएकाे छ ।
दशैं
खासगरी अाश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने परम्परा, नेपालकाे राष्ट्रिय चाड हाे । विशेषतः असाेज महिनाकाे शुक्ल पक्षकाे दशाैं दिन, दशैंकाे प्रमुख दिन हाे । परापूर्व कालदेखि बताइएअनुसार, नेपालकाे जनकपुरकाे मिथिला राज्यमा एक ब्राम्हणले जमीनमा गाडिएकाे एक सन्दुुक तत्कालीन राजा जनकलार्इ दिएका थिए, जसमा एउटी भर्खरैजस्तै जन्मिएकी बालिका थिर्इन् । जानकी नाम पाएकी सीतालार्इ जमीनबाट प्राप्त भएकी भन्दै उनलार्इ पछि सीता भनिएकाे बताइएकाे छ । अयाेध्याका राजा दशरथका छाेरा रामले शिवकाे धनुष ताेडेपछि सीतासँग विवाह भएकाे थियाे । उनै सीतालार्इ रावणले हरण गरेर लगेपछि पूरा दश दिन लगाएर रामद्वारा गरिएकाे युद्धकाे अन्तिम दिन अाश्विन शुक्ल प्रतिपदाकाे दशमी परेकाेले साेही दिनलार्इ असत्यमाथि सत्यकाे विजय भन्दै विजया दशमी अर्थात् दशैं भनेर मनाउन थालिएकाे हाे । विजया दशमीकाे दिनमा नै पार्वतीकाे मृत्युपछि विक्षिप्तावस्थामा रहेका शिवबाट विशेष वरदान पाउन सफल भएका दानव महिषाशुरले समस्त देवताहरूलार्इ दिएकाे दुःख तथा प्रकाेपहरूलार्इ अन्त्य गर्नकाे लागि महिषाशुरलार्इ समाप्त गर्न नसकेकाले ती सबैले अाअाफ्नाे शक्तिलार्इ समीश्रण गरेर तयार पारेका देबी महाकालीले पनि महिषाशुरलार्इ मार्न सफल भएकी थिर्इन् । त्यसैले साेही दिन महाकाली भगवतीले दानव शक्तिमाथि पाएकी सफलता र रामले रावणमाथि पाएका सफलताकाे उपलक्ष्य र खुशियालीमा नवदुर्गा भवानीकाे प्रसादस्वरूप राताे टीका र जमरा लगाउने चलन अाएकाे हाे । भारतमा दशहरा भन्दै दशमीकाे दिनमा रावणको विशाल पुतला बनाएर रामकाे वस्त्रधारी व्यक्तिबाट वाणकाे प्रहार गरी साे विजयाेत्सव मनाइने गरिन्छ जसलार्इ रामलिला भनिन्छ । विजयदशमी भगवान रामको विजयको रूपमा मनार्इयोस् अथवा देबी दुर्गा पूजाको रूपमा, दुबैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको हो । दशैं पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ भन्ने कालजयी विश्वास रहेकाे छ।
चलन
विशेष दिनलार्इ विशेष गरेर मनाउने हेतु पूर्णिमाकाे दिनसम्म साेही किसिमले टीका जमरा लगार्इ खुशियाली मनाउने परम्परालार्इ समयसापेक्ष देशअनुसार बनाउँदै अाफ्ना नाता कुटुम्व, ठूलाबडा र मान्यजनबाट अाशीर्वादस्वरूप दशैंमा टीकाजमरा लगाउने गर्न थालियाे कालान्तरपछि । ठूलाबडाहरूमा खासगरी माथिल्लाे अाेहाेदाका शक्तिशाली व्यक्तित्वहरू पर्न थाले र तिनलार्इ खुशी पार्ने गरी चलाइएकाे उक्त परम्परामा यसरी टीका ग्रहण गर्न नगए हाकिमकाे, राजामहाराजाकाे, ठूलाबडालगायत तत्कालीन व्यवस्थाकाे विराेधी भएकाे मान्ने पनि गर्न थालिएकाे उदाहरणलार्इ नकार्न सकिँदैन । नेपालकाे एकीकरण भएपछि अर्थात् नेपालकाे प्रारम्भिक चरणदेखि नै नेपालमा राजकाज गर्दै अाउनेहरूमा क्षेत्रीहरूकाे एकाधिकार रह्याे भने तिनकाे साे व्यवस्थालार्इ मार्ग प्रशस्ती गर्नका लागि व्राम्हणहरूकाे साथसाथ भए । हिन्दू धर्माअवलम्बी क्षेत्री राजा तथा पुराेहित व्राम्हणहरूबाट तन्मय, अास्थाका साथ मान्न र मनाउने गरिएकाे दशैंमा समयअनुसारका विभिन्न चरणहरूमा शासकहरूबाट नयाँ चलनहरू थपिँदै गए । लामाे सरकारी विदा दिएर, सरकारी साथ दिएर मनाइने गरिएकाे दशैंलार्इ कहिल्यै अाम रूपमा मान्य बनाउनेतर्फ लागिएन । त्यसै क्रममा कतिपय गैरहिन्दूहरूलार्इ दशैं मान्न वाध्य गरिएकाे पनि पक्कै हाे । नेपाललार्इ हिन्दू राष्ट्र भन्दै त्यसकाे लागि अाम रूपमा मत संकलन गरिएन, त्यसकाे असर अहिले वर्तमान अवस्थामा नेपालीहरूले भाेग्दै छन् ।
असर
अाज टीकाकाे दिन, पाैराणिक विधिअनुसार, सत्यकाे असत्य माथि, देवकाे दानवमाथि विजय भएकाे दिन त्यसमाथि अाफूभन्दा ठूलाबडाहरूकाे हातबाट अक्षता वा टीका र जमरा लगार्इ अाशीर्वाद लिने र सानाहरूलार्इ अाशीर्वाद दिने दिन -म घरमा एक्लै छु र साेँच्दै छु -किन दशैं मेराे घर हुँदै मनमा अाएन ? लश्करै भिन्दाभिन्दै वा समूह समूहमा विजया दशमीकाे उपलक्ष्यमा शुभकामनाहरू फेशबुकमा, भाइबरमा वा इमेलमा नमिलेका हाेइनन् । मांगलिक धुनहरूले उही पारम्परिक स्वादहरू सम्झना भर्इ नअाएका हाेइनन् । राष्ट्रिय मिडियाहरूमा विजया दशमीकाे शुभकामनाहरूका विज्ञापनहरूका भरमारहरू पनि नदेखिएका हाेइन । शरद रितुकाे मन्द हावासँग झिल्मिलाएर अाउने दशैंकाे वासनामा याे पालि किन मन्दी अायाे -साेँच्दैछु ।
देशमा धर्म निरपेक्ष भएकाे छ । धर्म निरपेक्ष भनेको राज्यले कुनै पनि धर्मको पक्षपोषण नगर्ने हो । राज्य एउटा धर्मको पक्षमा नलाग्ने हो । सबै धर्मलाई स्वतस्फुर्त विकास हुन दिने हो । सरकारी अासयमा देशले कुनै एक धर्मलार्इ प्रश्रय दिने गरेर लगानी गर्दैन, गर्न सक्दैन तर अझै पनि नेपालमा मिडियाहरूमा दशैं नै व्याप्त छ । यही दशैंकाे अवसरलार्इ साथ पारेर गैरअावासीय नेपालीहरूकाे विश्व सम्मेलन हुने गर्दछ । देशमा साताव्यापी छुट्टीमा सरकारी कामकाज बन्द हुन्छ । सर्वत्र दशैंकाे उपलक्ष्यमा शुभकामना दिन र लिनेलगायत यही अवसरलार्इ साथ पारेर देश विदेशमा साँगीतिक कार्यक्रमहरू हुन्छन् । घाेषित र अघाेषित रूपमा दशैंलार्इ विशेष बनाउने कामहरू अद्यापि भइरहेका छन् तर अर्काेतिर भने, एक ठूलाे खेमा दशैंलार्इ नै नमान्य रूपमा व्यापक बन्दै गइरहेकाछन् । २४० वर्ष लामो सामन्ती राजतन्त्रको अन्त्य भएकाे देशमा नयाँ राजनीतिक प्रणालीमा प्रवेश गर्नु भनेको सबै क्षेत्रको पुनर्संरचना हुनु हो र त्यसमाथि भर्खरै राज्यले नयाँ संविधान पाएकाे छ । नयाँ संविधानले राज्यको पुनर्संरचना, सामाजिक पुनर्संरचना, साँस्कृतिक पुनर्संरचना गराएकाे पक्कै छ । तर राज्यको पुनर्संरचनाको बहसबाहेक अन्य क्षेत्रको पुनर्संरचनामा राजनीतिक पार्टी धेरै गम्भीर भएकाे छैन ।
प्रभाव
राज्यले नै पराम्परादेखि आफ्नै मौलिक भाषा, सँस्कृति र धर्म मान्दै आएका र हिन्दू वर्णाश्रमभित्र नपर्ने समुदाय नेपालका मंगोलहरु हुन् भनेर परिभाषित गरेका मंगाेल समुदायहरूमा विस्तारै दशैंप्रति वितृष्णा पलाउँदै अाएकाे चारैतिर देखिएकाे छ । पाैराणिकतालार्इ अाधार बनाएर दशैंलार्इ मनाउने क्रममा निरन्तरता दिँदै गरे दशैं, एक साधारण पर्वकाे रूपमा सीमित नहाेला भन्न सकिँदैन । दशैंलार्इ हिन्दू धर्मसँग जाेडी तदनुरूप गर्नलार्इ कम गरी अर्काे पक्षलार्इ जाेड दिर्इ मनाउनेतर्फ सरकारले ध्यान दिएकाे छैन । लगभग साँघुरिएकाे हिन्दू नारीहरूकाे विशेष चाड तीज, अहिले हरेक तह र तप्काका नेपाली नारीहरूमा नेपाली महिलाहरूकाे अाफ्नाे चाडकाे रूपमा प्रभावपूर्ण भएकाे जस्तै गरी दशैंलार्इ मान्न सकिन्थ्याे । जस्तै खासगरी दक्षिण एसियाका मुलुकहरू कृषि प्रधान मुलुकहरू हुन् । जब किसानहरू आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्नरूपी सम्पत्ति घरमा ल्याउँछन् तब उनीहरूका खुशी एवं उमंगको सीमा हुँदैन। साेही खुशीको अवसरलार्इ सफलता मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्ने गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र बर्मा(म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ। त्यसकाे झलक, जमरा लगाउनुमा देखिएकाे हुन्छ । दशैंलार्इ वर्षमा एकपटक सम्पूर्ण परिवारहरूका साथमा रमाउने पर्व या किसानी उपलब्धीकाे पर्वकाे रूपमा मनाइनेतिर देश नलागे, दशैं एक दशाकाे रूपमा मनाउनेहरूका लागि अनि असमताकाे प्रतीककाे रूपमा नमाउनेहरूबीच सँधै रहिरहनेछ ।
वास्तविकता
संसारमा खासगरी विकसित मुलुकमा पशु बलिकाे विराेधमा अान्दाेलनहरू भइरहेका छन् । एक्काइसाैं शताब्दीमा एक विकसित स्वरूपकाे मानव मानिएका हामीहरू अझै पशु बलिकाे पक्षमा हुन्छाैं । पशुकाे बलि दिर्इ मुक्तिकाे कामना गर्दछाैं । केही अक्षताहरूका, केही जमराहरूका साथमा अाउने अाशीषहरूमा उज्ज्वलता देख्दछाैंं । मानिसहरू उमेरले ठूला र बडा वास्तविक अर्थमा हुँदैनन् । विचारले ठूलाे हुनका लागि प्रशस्तै उमेरहरूकाे खाेल अाेढ्नु जरूरी हुँदैन । अपाहिज मन बाेक्नेहरू, ठूलाबडाहरूका अाशीर्वादमा जीवनले सफलता पाउने साेँच पाल्दछन् । अाशीष हाेइन, साथकाे अास दिनु र लिनु नै ठूला र सानाबीचकाे सम्वन्ध हुनु जरूरी छ ।
वर्तमान समस्या
मुलुकमा पेट्राेल छैन, ग्यास तथा इन्धन छैन, मट्टितेल छैन । दशैंकाे मापनमा कालाेबजारी फस्टाएकाे छ । नयाँ लुगा लगाउनु पर्ने, खसिकाे मासु खानुपर्ने, दशैंकाे अवसरमा खुशी हुनुपर्ने र तदनुरूप मान्नु पर्ने क्रमले शहरबाट गाउँ जाने वा विदेशबाट स्वेदश अाउने क्रममा यातायत व्यवसायमा पनि कालाे बजारी भइरहेकाे छ । हुने खानेहरूका लागि दशैं प्रतिष्ठाकाे विषय भएकाे छ भने नसक्नेहरूका लागि दशैंकाे रमझम, खसि तथा च्याङ्ग्राहरूकाे बेचबिखनकाे अखडा, दशैं बजारहरूमा घँइचाे, भत्भती पाेल्ने अाह भएका हुन्छन् । ससाना बालबालिकाहरू र वृद्ध अामाबाबाहरूले एकाेहाेराे कुर्दै हेरिरहेका बाटाहरूमा विभक्त र अाततायी अासहरू हुन्छन् । दशैंकाे परम्परालार्इ धान्ने क्रममा अनि मनाउने क्रममा ससुराली अाउने ज्वाइँहरूलगायत भान्जाभान्जीहरूलगायत एक लश्करैका नाताकुटुम्वहरू अघाेषित रूपमा अातङ्ककारी हुन्छन् । हुनेखानेलार्इ त के छ र ? खसिकाे मासु, कवाफ वियर तथा ह्विस्कीकाे साथमा खाँदै अनि तास खेल्ने वा अग्ला अग्ला अाफ्ना घरका छतमा गएर चङ्गा उडाउँदै विजया दशमीकाे शुभकामनाहरूकाे अादानप्रदान गर्ने शैलि सुखदायक, प्रेरणादायक र उदाहरणीय लाग्ला, अाम लाग्ला र त्यही परम्परागत लाग्ला तर सँगै रहेका छिमेकीहरूकाे मनमा अनि साथैका गरीवहरूका मनमा उदासीनता जगाउने दशैंलार्इ त्याे अर्थमा खास मान्नु के सार्थकता हाेला ?
मेराे दशैं
याेपालि कसैकाे अास्थालार्इ अपहेलना नगरी, कसैकाे विश्वासलार्इ नताेडी नितान्त रूपमा र व्यक्तिगत रूपमा दशैंकाे शुभकामना कसैबाट लिइएन र कसैलार्इ दिइएन पनि । शुभकामनामा अड्कने मिहीन अास्थाकाे शेष हराएर निन्याउराे हालातमा उड्ने शुभकामनाहरूलार्इ धान्न नसकेकाे मेराे वर्तमान अवस्था रहेकाे छ । पँहेलिएका जमरा अहिले फगत विरूवाहरूकाे एक बिटाे मात्र रहेकाे छ भने केही दहीले अड्याउन सफल राताे अक्षता चामलकाे एक रंगीन टाँस्सिने थुप्राे मात्र हाे । शत्रु नै शत्रुहरू सर्वत्र देखिने ढाेंगीहरूकाे वर्तमान हालातमा शत्रुहरू बाँया हुन् र र्इश्वर दाहिने हुन् भन्ने शुभकामना वा अाशीर्वाद पनि त्यही शैलीका ढाेंगहरू हुन् भन्ने लागेकाे विश्वास नितान्त मेराे अाफ्नाे हाे । अब मूल मन्त्रले के बताउला…त्याे भने बेग्लै ।
मन्त्र
ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||