Story

(कथा) माया मिरेज हो, माया मिरेज होइन

प्रकाशित मिति ११ असार २०६७, शुक्रबार ०१:३८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., चिसो सिरेटोले उसको शरीरलाई उसको लुगा जस्तै हल्लाइरहेको भान हुन्थ्यो, ऊ लगभग, लगलग कामिरहेको थियो । पातलो ‘हाफ-स्लिभ’ कमिजले उसलाई उसको जीर्ण शरीरसँगै नङ्ग्याइरहेको थियो । मान्छेहरुका ‘झुप्पा’हरु उसको अगाडिबाट लगातार आरपार हुँदै थिए । ‘झुप्पा’मा भरिएका मानव यौनिक रहरहरु उसैको […]

(कथा) माया मिरेज हो, माया मिरेज होइन Read More »

(कथा) नेपथ्यभित्र र बाहिरको एक दृश्य !

प्रकाशित मिति ३१ भाद्र २०६८, शनिबार १२:३९ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. रोक्न खोज्दा खोज्दै बाँध भत्किएझैँ फुत्किएको एउटा लामो सुस्केराले अन्तःस्करणभित्रको भुइँचालोको ‘उथलपुथल’ आँखाको पानीसँगै ‘छताछुल्ल’ बनाउँछ र खडेरीले ‘चिरा-चिरा’ पारेझैँ नियतिका समतलभरि कुलेसो बनाउँदै बग्छन्, मनभित्रका समवेदनाहरु । वाफ जमेको ऐना जस्तै स्मृतिपटलभरि धूमिल-धूमिल आकृतिहरु, मधुर सम्झनाहरु जस्ता सजीव रहन्नन्, रहन्छन्

(कथा) नेपथ्यभित्र र बाहिरको एक दृश्य ! Read More »

(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु !

प्रकाशित मिति २१ माघ २०६८, शनिबार ०८:४० घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. युगौ-युगका पीर-वेदनाहरु लामबद्ध नभई चौतर्फी धावा गरेझैं, घर-परिवार, साथी-सँगती, कार्यालय-हाकिम सबैबाट यसरी एकैपटक बाजी थापेजस्तो, कसले ज्यादा चोट दिलाउन सक्ने भनी ओइरिएपछि, म हतप्रभः एकपटक विवेक-शून्य उभिन्छु, तर, तुरुन्तै ‘भक्भक्’ उम्लिएर पड्किन मात्र वाँकी भएको जस्तो हुन्छु । कार्यालयबाट फोनमार्फत्, साथीहरु

(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु ! Read More »

[कथा]मृग तृष्णा

-प्रकाश के.सी. प्रकाशित मिति १० असार २०६८, शुक्रबार १०:३३ घटना र विचार (न्युज डेस्क) यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति

[कथा]मृग तृष्णा Read More »

बेलायतमा नेपालीको पीडा

आश्चर्य ! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु,

बेलायतमा नेपालीको पीडा Read More »