Prakash KC

I'm a writer, Artist, Journalist, Poet, Photographer and athlete.

बेलायतमा नेपालीको पीडा

आश्चर्य ! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु,

बेलायतमा नेपालीको पीडा Read More »

जीवनमा अनुभूतिसहितको स्थानान्तरण

यो सत्य हो- हारेर जाँदै छु हङकङबाट । जीवनमा वास्तवमै भन्ने भए, जित्न केही पनि नसकेपछि, यावत् पराजयहरूको एक लामो खात लिएर छोड्दै छु हङकङ । पटक्कै लाज लागेको छैन, पटक्कै उत्साह छैन, जीवनमा यस्तो लाग्छ, धीतै मारेर हाँस्न सकिने समयबाट च्युत भएको छु । बाहिर सुनसान छ, एक्लै छु, चेरी बाहिर साथीसँग अन्तिमपटक किनमेल

जीवनमा अनुभूतिसहितको स्थानान्तरण Read More »

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का

बरु धावा नै बोल न प्रिय !के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ? म हारेर लम्पसारिएको होइन,पराजिताको पराधीन मानसभित्रलम्पसार पर्नुको नियति भोगेको पनि होइन,त्यो त समय हो, जसको चक्रपथमानियतिले यो पल्ट फड्का खाएको छ ।भावनाको अकर्मण्यताले गर्दाविवश म निराधर पल्टेको हुँला, सायद !बरु घोँची नै हाल न भालाले प्रिय !के तिखार्छौ आँखाहरु व्यर्थै ? मैले गुमाएँ

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का Read More »

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु

यो पटक–पटकको बसाइ हो, उठ्नुको हदबन्दी नाघेको मनमा कुँजिएका तृष्णाहरुको बैसाखी बोक्दै एकरत्त आफ्नै पनका अतीत सराप्ने यो लगातारको निर्विकल्प अभ्यास हो । मलिन आस्थाको शेष लतारेर सीमाको हदभित्र अझै साँघुरिंदै बेहिसाब जोड–घटाउको यो सानो आकारभरिको विशालता हो । फेंद काटेर अग्लिँदै चुलिने मनाभासभित्र स्वच्छन्द झाङ्गिएका सत्ववोधको समावेशितामा निराकार मथिङ्गलका मैथुनीय आवेग हो । यहाँ

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु Read More »

एउटा पीडा यस्तो पनि

म हेरिरहेँ, तिमी लुटिइरह्यौ,म हेरिरहेँ, तिमी लुटिइरह्यौ,हेर्नुको विकल्प नभएर होइन,हेर्नुमा रमाइलो छाएर होइन,वस्, म हेरिरहेँ, एकोहोरो अनि एक तमास,तिमी एकपछि अर्को घात सहँदै लुटिइरह्यौतिम्रो भागबाट गाँसहरु खोसिए,तिम्रो आवासबाट साथहरु छुटिए,शिरबाट छत गुमाएर अनि आधारबाट आड गुमाएरपूर्णताले ‘फगत’ भएकी तिमी,मेरोसामु आई सोध्यौ :—तिमीले चाहिँ के–के गुमायौ ?व्यथा हाम्रो एउटै थियो,तिम्रोजस्तै गाँस खोसिएँ,साथभित्रको आड गुमाएँ,शिरमाथिको टोपी लुटिएँ,पैतलामुनिको

एउटा पीडा यस्तो पनि Read More »