विश्व अहिले असामान्य र असमञ्जस परिस्थितिबाट गुज्रिरहेको छ । कोरोना भाइरसको महामारीसँग जुध्ने क्रममा विश्वका विभिन्न देशहरूका व्यवसायलगायत जनजीवन अस्तव्यस्त भएका छन् । भाइरसविरुद्धको भ्याक्सिन बनाउनका लागि विभिन्न देशमा एक किसिमको प्रतिष्पर्धा जस्तै चलेको छ र अझै कुनै पनि देश भ्याक्सिन बनाउन सक्षम भइसकेका छैनन् ।
विभिन्न देशमा सरकार र जनता दुवै कोरोना भाइरससँग जुध्ने क्रमको उत्तराद्र्धमा आन्दोलित भइरहेको बेलैमा, अहिले मुख्य रूपमा, अमेरिकापछि अन्य पश्चिमी देशहरूमा रङ्भेदको लागि अश्वेतहरू एकजुट भइ आन्दोलनमा उत्रेका छन् । एक अमेरिकी अश्वेत व्यक्ति जर्ज फ्लोयडको अमेरिकी श्वेत पुलिसबाट गैरकानूनी किसिमले बल प्रयोग गर्दा भएको मृत्युको विरुद्धमा उत्रेको अश्वेतहरूका आन्दोलन अमेरिका हुँदै बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत, फ्रान्स, अष्ट्रिया, हल्याण्ड, जर्मनी आदिमा आइपुगेको छ । अहिले सो आन्दोलनलाई एक प्रकारले राजनीतिक दाउका रूपमा पनि प्रयोग गर्न थालिएको छ । अमेरिकामा यसको प्रत्यक्ष प्रभाव अमेरिकी राष्ट्रपति ट्रम्पलाई वा रिपब्लिकन पार्टीमा पर्ने देखिएको छ भने खासगरी यहाँ बेलायतमा कन्जर्भेटिभ पार्टीसहित ब्रेक्जिटियर पक्षलाई पर्ने देखिएको छ ।
ट्रम्पको ‘अमेरिका पहिला’ भन्ने नारासहितको जीत र यता बेलायतमा बोरिस जोन्सन, नाइजल फाराजलगायतका नेतृत्वहरूका ‘ब्रिटेन आफैमा सक्षम छ र त्यसैले युनियनबाट अलग रहने’ भन्ने अडानको जीत भएदेखि अघोषित रुपमा अल्पसंख्यकहरूउपर गरिएका भेदभावका घटनाहरू घट्दै आएका छन् । संसारमा ट्रम्पको उदयलाई खासगरी अमेरिकामा रङ्गभेदका पक्षपोषण हुँदै गरेको बताइन्छ र त्यसको प्रभाव अन्य मुलुकहरूमा पनि परेको छ । त्यो क्रम बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, न्युजिल्याण्ड हुँदै भारतमा पनि देखिएको हो । भाजपाको सरकार आएपछि गैरहिन्दूहरू त्यहाँ भेदभावको भुक्तभोगी भने हुँदै गएका छन् ।
जबसम्म नेपालका नेताहरूमा आफ्नो लागि, पार्टीको लागि नभई देशको लागि गर्ने इमान्दारिता हुँदैन, तबसम्म मुलुकमा विकल्पमा एकपटक फालिसकेको राजसंस्थालाई हेर्न र खोज्न थालिन्छ ।
तीन करोड नेपालीहरूमा धार्मिक सहिष्णुता रहेको मानिएकोमा पछिल्लो चरणमा गणतन्त्र आएपछि विभिन्न देशहरूले नेपाली नेताहरूलाई प्रलोभनमा पारी नेपालमा क्रिश्चियनलगायत मुस्लिम धर्मको प्रचारप्रसारमा सह दिने कार्य गरेको र जनताहरूमा खासगरी जातीयताको उन्मुक्तिको दुहाइ दिने पार्टीहरूका निर्देशनमा मुलुक धार्मिक, जातिगत, क्षेत्रगतलगायतले दुई पाटामा विभाजित हुँदै हिन्दू र गैरहिन्दू वा जनजाति र गैरजनजाति खालको खेमामा फैलिएका छन् । नयाँ र पुरानो सरकार, संस्कार अनि जमाना आदिको नामाकरण गरी विभाजित स्वरुपको सामाजिक कार्यशैलीको फलस्वरुप भेदभावका खाडलहरू दिन प्रति दिन गहिरिएका छन् ।
गत वर्षको नोभेम्बरमा चीनको हुबेई प्रान्तको मुख्य शहर वुहानमा देखापरेको कोरोनाभाइरस अहिले आजको मितिसम्ममा संसारको २१५ वटा देशमा ७१,१६,०३० मानिसहरू संक्रमित भएका छन् भने ४,०७,३२८ भन्दा धेरै मानिसहरूको यही भाइरसले गर्दा मृत्यु भएको छ र ३,५०२,९७१ जनाले भाइरसलाई पराजित गरेका छन् । ताजा तथ्याङ्कअनुसार अमेरिकामा १,१२,९६३ जना, बेलायतमा ४०,५९७ जना, ब्राजिलमा ३६,६०२ जना, इटालीमा ३३,९६४ जना अनि स्पेनमा २७,१३६ जनाको मृत्यु भएको छ भने भाइरसको उद्गम स्थल चीनमा ४,६३४ जनाको मृत्युको तथ्यांक सार्वजनिक भएको छ । बेलायतमा ५० जनालगायत संसारमा १३वटा देशहरूमा कोरोनाभाइरसको कारणले मृत्यु हुने नेपालीहरूको संख्या १३९ जना पुगेको छ । वोल्र्डोमीटरमा उल्लेख गरिएअनुसार नेपालमा आजको मितिसम्म ३,७६२ जना भाइरसले संक्रमित र १४ जनाको मृत्यु भएको छ ।
यस्तै चीन, जापान, कोरिया अनि जर्मनी तथा स्पेनबाहेक संसारका अन्य देशहरूमा भाइरसको संक्रमण रोकिएको छैन र पूर्ण रुपमा देशहरू सामान्य रुपमा फर्कन सकेका छैनन् तर ‘ब्ल्याक लाइफ म्याटर्स’ अर्थात् ‘कालाको जीवनको महत्व हुन्छ’ भन्दै भौतिक रुपमा गरिएका प्रदर्शनीहरूले भाइरसविरुद्धको आन्दोलनमा प्रतिकूल प्रभाव पार्ने सम्भावनाहरू प्रशस्तै देखिएका छन् । कालाहरू मात्र किन ? सबै प्रकारका जातिहरूका जीवनको महत्व हुन्छ । मुलुकमा कानून तथा व्यवस्था निरपेक्ष हुनु जरुरी छ तर यही ‘ब्ल्याक लाइफ म्याटर्स’को आन्दोलनलाई राजनीतिक चालका रुपमा खेल्न धेरैथरिहरू सक्रिय भएका एकातिर छन् भने अर्कोतिर त्यही हुलमुलमा उक्त नारालाई नै बदनाम गर्ने गरी लूटपाट तथा तोडफोडहरू शुरु गरिएका छन् । लण्डनमा गत आइतबार भएको शान्तिपूर्ण प्रदर्शनीको अन्त्यमा हूलदङ्गा हुँदा केही प्रदर्शनकारीसहित २४ जना प्रहरीहरू घाइते भएका छन् । अश्वेत केही उच्छृङ्खल समूहबाट गोह्राहरूउपर भेदभाव तथा हातपातलगायतका घटनाहरू घटेका छन् । यो क्रमले अमेरिकालगायत बेलायतमा अश्वैतहरूको आन्दोलनले नराम्रो मोड लिन सक्ने सम्भावना देखाएको छ । वास्तवमा रङ्गभेदको जग हाल्ने बेलायती साम्राज्य नै त हो ।
गोह्रो छाला, अग्लो आकार, लाम्चो नाक, ठूलो आँखा आदिलाई राम्रो भनिने र मानिने संस्कारका विरोधमा ती काला, पुड्के, चिम्से अनि थेप्चेहरू लाग्नुलाई समयसापेक्ष मानिँदैन र त्यसको प्रत्यक्ष अनि परोक्ष रुपमा दमन गरिन्छ, ती कार्य नै रङ्गभेदी क्रियाकलाप हो ।
रङ्गभेद आखिर के हो अनि किन यो यति गम्भीर रुपमा समाचारमा छाउन थालेको छ ? मानिसको रङ्ग, आकार, बोली, क्षेत्र आदिलाई आधार बनाएर अपहेलना गरिनुलाई रङ्गभेदी कार्य गरेको भनिन्छ । अश्वेतहरूले किन प्राकृतिक तथ्यलाई स्वीकार गर्न सक्दैनन् ? जस्तो कि कालोलाई कालो, पुड्केलाई पुड्को अनि नराम्रोलाई नराम्रो भनेर मान्न किन सक्दैनन् ? कारण, रङ्गभेदको आधार स्तम्भ नै इतिहासमा गरिएका तीउपर विभेद नै हो । त्यसैले जातीयताको आधारमा गरिने आन्दोलनहरू हुन्, रङ्गभेदको विरुद्धमा निकालिएका प्रदर्शनीहरू हुन् या समानुपातिक पद्धतिको पक्षमा बोल्नेहरूको जमात नै किन नहुन्, त्यहाँ विगतको चर्चा गरिन्छ, विगतमा गरिएका अन्याय अनि अत्याचारहरूको स्मरण गर्दै स्थापित शक्ति तथा पक्षको विरोध गरिन्छ, जब कि विगतमा सोही व्यक्तिहरूको जमात स्वयंले शोषण भने गरेका हुँदैनन् । एउटा स्थापित भइसकेको पद्धतिको विरोध गर्दै वर्तमान अवस्थामा सोही पक्षका पृष्ठपोषकहरूसँग सो अन्यायको हिसाब मागिन्छ । गोह्रो छाला, अग्लो आकार, लाम्चो नाक, ठूलो आँखा आदिलाई राम्रो भनिने र मानिने संस्कारका विरोधमा ती काला, पुड्के, चिम्से अनि थेप्चेहरू लाग्नुलाई समयसापेक्ष मानिँदैन र त्यसको प्रत्यक्ष अनि परोक्ष रुपमा दमन गरिन्छ, ती कार्य नै रङ्गभेदी क्रियाकलाप हो ।
समयको लामो कालमा विसङ्गतिहरू पनि सङ्गतिलो वा सामान्य लाग्दै जाँदा तदनुरुप जिउने शैली अवलम्बन गर्नु तिनको अर्थात् अन्डरप्रिभिलेज्ड पक्षको शास्वत नियति बनेको सन्दर्भमा तिनका त्यही शैलीलाई आधार बनाएर तिनलाई हेर्ने दृष्टिमा भ्रम उमार्ने अहिले कतिपय देशमा स्थापित पक्षहरू भएर नै रङ्गभेद विरुद्धको आन्दोलन अहिले विश्वव्यापी बन्दै गएको हो । नेपाली सन्दर्भमा भन्ने भए, किताबमा, कानूनमा अनि कतिपय अवस्थामा समाजहरूमा जातियताको आधारमा भेदभाव राख्ने चलन हटिसकेको भए तापनि जनजातिहरूले अझै आफूहरू मिचिएको महशुस गर्नु, अनि पश्चिमा मुलुकहरूमा कालाहरूले अझै आफू अपहेलित भएको बुझ्नु यो परिवेशमा एउटैजस्तै लाग्दै गएको छ । नेपालमा क्षेत्री–बाहुनहरूले जनजातिहरूलाई विगतमा दमन गरेको भन्दै जनजातिहरूबाट एक भएका छन् । जबकि बहुदल आएपछि कानूनमा अनि गणतन्त्र आएपछि समाजमा नै छुवाछुतलगायत जातीयताको आधारमा गरिने भेदभावहरू बन्द भइसकेका छन् । तर अहिले पनि कुनै व्यक्तिमाथि कुनै कारणले अन्याय भयो, शोषण भयो या मारियो, कुटियो भने, सबैभन्दापहिले के हेरिन्छ भने कुन जातको मान्छे या पक्षले कुन जातको मान्छे या पक्षलाई शोषण गर्दैछ ? यदि क्षेत्रीबाहुनहरूले जनजाति तथा दलितउपर अन्याय गरेको भए, व्यक्तिले व्यक्तिलाई होइन, एक पक्षले अर्को पक्षलाई दमन गरेको भन्ने आरोप लगाइन्छ, जस्तो जातीयताको प्रसङ्ग अहिले जनजाति तथा दलित वर्गको लागि क्षेत्रीबाहुनहरूसँग लड्नको लागि तुरुपको एक्का भएको होस् । ठीक त्यस्तै नै काला तथा अश्वैतहरूका लागि रङ्गभेद बनेको छ ।
विगतमा दमन तथा शोषणमा परेका या गरिएका जाति वा समुदाय या देश अक्सर घातक स्वरुपमा वर्तमानमा देखापर्दैछन् । वर्तमानलाई एउटा रेखा मान्दै, यहाँबाट अगाडि सबै समान भनेर अगाडि बढ्नेतर्फ नलागी ती प्रताडित पक्ष, विगतको पीडाको बदला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लिने या कहिले सासुको पालो, अनि कहिले बुहारीको पालो भनेको उखानको चरितार्थ रुप लिने कार्य गर्दैछन् । उदाहरणको मुख्य स्वरुप दक्षिण अफ्रिकामा देखिन्छ, जब त्यहाँ कालाहरूको उदय भयो, तिनीहरूभित्रै नयाँ श्वेतजस्ता अश्वैतहरूको उदय भएका छन् र अश्वैतहरूबाट श्वैत दबिएका छन्, दबाइएका छन् । बेलायतको प्रभावबाट दबेर प्रताडित भएको भारत अहिले आफ्नो छिमेकीहरूसँग आफू अर्को बेलायत भएको जस्तो व्यवहार देखाउँदै आएको छ । प्रताडनाको प्रतिकुल मानसिकता हो त्यो । नेपालमा पनि त्यही हुँदै छ र बेलायत, अमेरिका, अष्ट्रेलिया, फ्रान्समा रङ्गभेदको तुरुपको एक्का समयसापेक्ष प्रयोग गर्न जान्ने त्यहाँका काला समुदाय मानिएका छन् । समयमा पढ्ने अनि पढेर उच्च स्थानमा पुग्नेहरूको जहाँ पनि जयजयकार हुने नै गर्दछ तर नपढ्ने अनि हक, अधिकार तथा सुविधाको प्रसङ्गमा रङ्गभेद, जातीयता आदिका भेदभाव गरिएको भन्दै समानताको अधिकार खोज्नेहरूबाट समाज तथा देश सकारात्मक स्वरुपले अगाडि बढ्न सक्दैन ।
गोह्राको तुलनामा कालाहरू नै अमेरिका ज्यादा अपराधिक गतिविधिमा देखिएपछि सो वर्णहरूउपर ज्यादा निगरानी राख्नु नाजायज होइन । बेलायत, फ्रान्स, अष्ट्रेलियामा पनि त्यही भएको हो । नेपालका भने जनजाति तथा दलित सोझा र सरल हुन् तर तिनका सरलतामा राजनीति घुसाइएकोले तिनीहरू स्थापित पक्षसँग विस्थापनाको बाटो खोज्दैछन्, जसलाई सही अनि सटिक सम्बोधन नगरिए नतिजा साह्रै नै नकारात्मक देखिन सक्नेछ ।
आखिर जे भनिए तापनि, विगतमा कालाहरूउपर गोह्राहरूले गरेका अन्यायलाई आधार बनाएर अहिले कालाहरूले समानताको माग गर्नु नाजायज भने होइन । त्यस्तै नै नेपाली प्रारम्भिक परम्परा अनि समाजिक, साँस्कृतिकलगायत धार्मिक संस्कारहरूको पक्षपोषक क्षेत्रीबाहुनहरूबाट दबिएका वा दबाइएर अल्पसंख्यक बनेका जातिहरूले अहिले समानताको, सहजताको अधिकार खोज्नु गलत होइन । अन्याय तथा अत्याचारले कोरिएका इतिहासका पानाहरूलाई ‘उहिलेको कुरा खुइले’ भनेर त्यो पक्ष, शक्ति तथा समाज वा देश मुक्त हुन सक्दैन । विगतका उक्त शासकीय व्यवस्थाहरू पर्यन्तमा परम्परा बनेर रहिसकेका हुन्छन् । वर्तमान समयमा सोही परम्परालाई आम मानसिकतानुसारले भुक्तभोगी भएर जिविकोपार्जन गर्ने गोह्राहरूका शैलीमा, नभए तापनि आत्मामा अद्यापि नरहेका होलान् भन्ने सकिँदैन र त समय समयमा ती प्रकाशमा सतहिन्छन् । ठीक त्यस्तै नै जातीयताका आधारमा देखिएका श्रेणीहरूलाई भत्काएर आम बनेका क्षेत्रीबाहुनहरूका अन्तःस्करणमा अझै दम्भ नहोलान् भन्न सकिँदैन र त बेलाबेलामा सोको अनुकुल उदाहरणहरू समाजमा देखापर्दछन् ।
जबसम्म मानिसहरू हूल वा समूहबाट अलग्गिएर सो हूल तथा समूहलाई नियाल्ने गर्दैनन्, तबसम्म तिनले सो हूल या समूहको सगोल स्वरुप र आकारबारे जान्न सक्दैनन् । शोषण, तथा भेदभाव क्षेत्रीबाहुनहरूबाट जनजाति तथा दलितहरूउपर मात्र भएका छैनन्, जनजाति तथा दलितहरूबाट तिनै जनजाति तथा दलितहरूउपर नै भेदभाव हुने गरेका छन्, र जनजाति तथा दलितहरूबाट नेपालका कतिपय स्थानहरूमा क्षेत्रीबाहुनहरू पनि अपहेलित र भेदभावमा पारिएका छन् । अझै पनि मलाया (ब्रिटिश सेना)को लाहुरे बन्ने सन्दर्भमा देखिएका छन् र नेपालका कतिपय जिल्लाहरूमा जनजातिहरूबाट क्षेत्रीबाहुन शोषित छन् पनि । त्यस्तै कालाहरूबाटद कालाहरू नै शोषित एकातिर भएका छन् भने अर्कोतिर गोह्राहरू पनि कालाहरूबाटै शोषित भएका छन् । केही वर्षअगाडि दक्षिण लण्डनमा एक गोह्रा सिपाहींलाई दुई जना कालाहरूले छुरी हानेर सबैको अगाडि मारेका थिए, त्यहाँ गोह्राहरूले जमात वा हूल उठाएर आन्दोलन गरेनन्, प्रदर्शन गरेनन्, न त तिनले कुनै कालालाई मारेर बदला नै लिए । ती दुई काला हत्याराहरूलाई बेलायतको कानूनअनुसार अहिले जेलमा छन् र करदाताहरूबाट उठाइएको पैसाले पालिएका छन् । त्यहाँ तिनको सम्पूर्ण आधारभूत अधिकारहरूको संरक्षण गरिएका छन्, जसलाई तिनीहरू उपभोग गर्न पूर्ण स्वतन्त्र छन् ।
अमेरिकामा बीस डलरको जाली नोटको प्रयोग गरेको भनेर हिरासतमा राख्न खोजिएका जर्ज फ्ल्योयडलाई पुलिससँग वादविवाद गर्न जरुरत नै हुँदैनथ्यो, पुलिसले हिरासतमा राखे तापनि पछि उसको लागि वकिल आउँथ्यो, वकिलसँग उसले आफ्नो सफाइ दिन सक्थ्यो, तर यस्ता हरेक मामिलामा कालाहरूउपर अन्याय गरेका भन्दै रङ्गभेदको तुरुप फ्याँक्दै उत्श्रृंखल अनि उदण्ड हुने क्रममा अमेरिकामा कालाहरू मारिने गरिएका छन् । हरेक देशले एउटा सीमा कायम राखी आफ्नो कारबाही अगाडि बढाउँदछ । गोह्राहरूको तुलनामा कालाहरू नै अमेरिका ज्यादा अपराधिक गतिविधिमा देखिएपछि सो वर्णहरूउपर ज्यादा निगरानी राख्नु नाजायज होइन । बेलायत, फ्रान्स, अष्ट्रेलियामा पनि त्यही भएको हो । नेपालका भने जनजाति तथा दलित सोझा र सरल हुन् तर तिनका सरलतामा राजनीति घुसाइएकोले तिनीहरू स्थापित पक्षसँग विस्थापनाको बाटो खोज्दैछन्, जसलाई सही अनि सटिक सम्बोधन नगरिए नतिजा साह्रै नै नकारात्मक देखिन सक्नेछ ।
शोषण, तथा भेदभाव क्षेत्रीबाहुनहरूबाट जनजाति तथा दलितहरूउपर मात्र भएका छैनन्, जनजाति तथा दलितहरूबाट तिनै जनजाति तथा दलितहरूउपर नै भेदभाव हुने गरेका छन्, र जनजाति तथा दलितहरूबाट नेपालका कतिपय स्थानहरूमा क्षेत्री-बाहुनहरू पनि अपहेलित र भेदभावमा पारिएका छन् । अझै पनि मलायाको लाहुरे बन्ने सन्दर्भमा देखिएका छन् र नेपालका कतिपय जिल्लाहरूमा जनजातिहरूबाट क्षेत्रीबाहुन शोषित छन् ।
बिस्तारै कोरोना भाइरसको महामारी विश्वका केही मुलुकहरूबाहेक सबैतिर मत्थर हुने क्रम छ । बेलायतमा दोस्रो विश्वयुद्धताका ७०,००० हजार आम जनताको मृत्यु भएको थियो र यो महामारीले ४०,००० भन्दा बढीको ज्यान लगेको छ । अमेरिका, इजरायल अनि बेलायतले कोरोना भाइरस मानव निर्मित हो भन्दै अझै चीनतर्फ लक्ष्य गर्न छाडेका छैनन् । तेस्रो विश्व युद्ध भन्दै कुनै हतियार प्रयोग नै नगरी चीनले युद्ध जितेको चर्चा पनि रोकिएको छैन । माथिको आरोपलाई एकै छिन मान्ने भए, भन्न सकिन्छ कि, घाउ आफैले दिएर महलम आफैले नै बेच्ने जस्तो गरी विश्वका लगभग सबै देशहरू चीनबाट पीपीई अर्थात् मास्क, गाउन, स्यानिटाइजर किनिरहेका छन् । हरेक देशमा जन र धनको खति रोक्नको लागि सरकार प्रतिबद्ध भएको छ । विश्वभरिमा करोडौँ कामदारहरू बेरोजगार हुने बताइएको छ र कतिपय देशहरू रिनमा चुर्लुम्म डुब्ने छन् अनि कतिपय डुब्ने पनि छन् ।
यता यो महामारीको चपेटामा परेका नागरिक तथा उद्योग व्यवसायहरूलाई आर्थिक सहयोग गर्दै गरेको बेलायतले यो वर्ष लगभग २९८ बिलियत पाउण्ड खर्च गर्ने अनुमान लगाइएको छ । त्यति हुँदा र गरिँदा पनि हजारौं हजार मानिसहरूले जागीर गुमाउनु पर्ने भएको छ एकातिर भने अर्कोतिर सयौं साना उद्योग तथा व्यवसायहरू धरासयी हुने भएका छन् । यो वर्ष बेलायतले विगत ३०० वर्षपछिको सबैभन्दा ठूलो आर्थिकमन्दी झेल्नु पर्ने भएको छ, त्यसैले न्युजिल्याण्ड, स्पेन, कोरिया या जर्मनीजसरी सबै मत्थर भएर मात्र देशलाई खोल्ने क्रममा नगई यही जुन १५ देखि सम्पूर्ण रुपमा खोल्दैछ । देशको व्यवसायहरूलाई चल्न नदिए देशै धरासयी हुने स्थितिमा रहेको विपक्ष पार्टीहरूलाई थाहा हुँदाहुँदै पनि कन्जर्भेटिभ पार्टीको सरकारलाई आरोप लगाउनुबाट चुकेको भने छैन ।
रङ्गभेदविरुद्धको आन्दोलन एकातिर नयाँ तेर्सिएको छ, अर्कोतिर कोरोनाभाइरसको दोस्रो लहरको संक्रमणको भय छ । देशमा व्यापक रुपमा आर्थिक घाटालगायत उद्योगधन्दा तथा व्यवसायहरू चौपट छन्, बेरोजगारी बढेको छ र यो सबैको साथसाथै युरोपीयन युनियनबाट पूर्ण रुपमा यो वर्ष मुक्त हुनका लागि गरिने मुस्किल सम्झौताहरू अगाडि छन् । यी सबैलाई बेलायतको इतिहासमा विश्वयुद्ध ताकाको समयपछि सबैभन्दा मुस्किलको समयको सरकार बोरिस जोन्सनको नेतृत्वको पार्टीले चलाएको छ । सकारात्मक वा नकारात्मक कुनै पनि कोणबाट इतिहासको पानामा बोरिस जोन्सनको नाम दर्ता भइसकेको छ । त्यस्तै नै गणतन्त्रपश्चात् के.पी. ओलीको पनि नेपाली इतिहासमा सकारात्मक वा नकारात्मक दुवै कोणले नाम दर्ता भइसकेका छन् । दुई तिहाइको बलियो सरकारले कोरोनोभाइरसको संक्रमण, महिनौंको लागि नेपाल बन्द, सीमामा अतिक्रमणको उग्ररुप र त्यसले ल्याएको जटिल समस्या, नेपाली नक्साको भूतपूर्व रुपको स्थापन अनि अमेरिकी कम्पनी एमसीसी काण्ड आदि अवश्य नै महत्वपूर्ण, विवादित, आलोचित, प्रशंसित पक्षहरू रहेका छन् । यति हुँदाहुँदै केचाहिँ भन्नैपर्ने हुन्छ कि देशहरू, देशभित्र नेताहरू वर्तमान परिवेशमा आइपरेको अप्ठ्यारो अवस्थामा राजनीतिको गहिरो चाल चल्न व्यस्त लाग्दछन् ।
समयमा पढ्ने अनि पढेर उच्च स्थानमा पुग्नेहरूको जहाँ पनि जयजयकार हुने नै गर्दछ तर नपढ्ने अनि हक, अधिकार तथा सुविधाको प्रसङ्गमा रङ्गभेद, जातीयता आदिका भेदभाव गरिएको भन्दै समानताको अधिकार खोज्नेहरूबाट समाज तथा देश सकारात्मक स्वरुपले अगाडि बढ्न सक्दैन ।
कोरोना भाइरसको प्रकोपले आक्रान्त बनेको नागरिकलाई उचाल्ने काम अमेरिकामा डेमोक्रेटिक पार्टीले गरेको छ । ब्ल्याक लाइफ म्याटर्स्को आन्दोलन अहिले जर्ज फ्ल्योयड होइन, रेसिज्म मात्र पनि होइन, यो रिपब्लिकन पार्टी अनि तिनका नेता राष्ट्रपति ट्रम्पविरुद पनि हो । समयको संक्रमणको अवस्था छोपेर भारतले नेपालको जग्गा मिचेकोलाई स्थायित्व दिने काम गरेको हो र स्वस्फूर्त रुपमा आम नेपालीहरूले सर्वत्र त्यसको विरोध गर्ने काम गरे । जाजरकोटमा कसैको छोरी, केही हुल केटाहरू मिलेर भगाउन लाने क्रममा केही युवाहरूको निर्मम हत्या गरियो । यसलाई त्यसरी हेरेर सम्बन्धितहरूलाई कानूनी कारबाही गर्नुपर्नेमा कुन जातले कुन जातलाई मारेको भन्नेतिर लागी दलितहरूको ज्यान जातपातको आधारमा भेदभाव गरी माथिल्लो जातले मारेको भन्दै आन्दोलनको रुपमा लगियो ।
गणतन्त्र आउनुअगाडि नै जाजरकोट, रुकुममा जातीयताको आधारमा हुने भेदभाव पूर्ण बन्द भएका थिए र त्यहाँ सयौं अन्तरजातीय विवाहहरू सफल रुपमा भइसकेका छन् र सो अहिले निक्कै नै सामान्य मानिएको पनि छ । कुनै न कुनै पक्षले सो हत्यालाई जातिगत भेदभावको हवाला दिँदै आम नेपालीको ध्यान कालापानी काण्डबाट सो काण्डमा सार्ने काम गरेको लाग्दछ र त अहिले कालापानी, नेपाली सीमानाको सन्दर्भ न्यून भएको छ र जाति–जातिबीच गहिरो खाडल खनिँदै छ अनि यसैबीच फेरि एमसीसी काण्ड थपिएको छ । नेपालमा जे पनि हुन्छ, जबसम्म नेपालका नेताहरूमा आफ्नो लागि, पार्टीको लागि नभई देशको लागि गर्ने इमान्दारिता हुँदैन, तबसम्म मुलुकमा विकल्पमा एकपटक फालिसकेको राजसंस्थालाई हेर्न र खोज्न थालिन्छ ।
Published on ghatanarabichar.com on 10, June 2020